भारतीय योगगुरू रामदेवलाई टी.भी. सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु देशकै कानूनको निर्लज्ज उल्लंघन गर्नु हो — OSNepal

भारतीय योगगुरू रामदेवलाई टी.भी. सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु देशकै कानूनको निर्लज्ज उल्लंघन गर्नु हो

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले योग गुरु बाबा रामदेवलाई टी।भी। सञ्चालन गर्न दिनु राष्ट्रघाती भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकिर्कत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन भएको नेता रावलले बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गरेको उनको आरोप रहेको छ ।

उनले लेखेका छन् , प्र.मं. देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो।यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर