आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? — OSNepal

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर