माधव नेपालले प्रधानमन्त्रीलाई भने- उद्योगआपूर्ति मन्त्री नपाएको भए हामी दिन तयार छौं — OSNepal

माधव नेपालले प्रधानमन्त्रीलाई भने- उद्योगआपूर्ति मन्त्री नपाएको भए हामी दिन तयार छौं

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको विषमया प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकषर्ण गराएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा यस्तो समस्या आएको बताएका अध्यक्ष नेपालले आइतबार संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार भएकाले तर प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेको बताएका हुन् ।

पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको विषयमा गठबन्धनका नेताहरुसँग छलफल गर्ने समेत बताएका छन् । ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैंले सबै हेर्न पनि सकिंदैन । हामीले भनेका छौं अरु कोही पाइया छैन भने हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के ?’ नेपालले भने ।

अत्यधिक मूल्यवृद्धि गरेर जनतामा अत्याचार भएको बताउँदै उनले आफु पनि बुझुँला भन्दै उनले अघि भनेका छन्, ‘रक्सोलबाट पाइपलाइन जोडिसकेपछि त सस्तो हुनुपर्ने हो । मैले पनि बुझिराख्या छैन । ढुवानी कष्टका कुरादेखि लिएर, नोक्सानी कति पुर्ताल भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन, यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायसँग म पनि बुझौंला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर