रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जुवाडे पक्राउ — OSNepal

रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जुवाडे पक्राउ

LC (KTM) November 21, 2021 0

झापा ५ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले मोटो रकमसहित ६ जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका-४ बस्ने शेर बहादुर कार्कीको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ६६ वर्षीय विश्वराज पराजुली सहित जना रहेका छन् ।

निजहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले शनिबार राति नगद २ लाख ५६ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर