बसपार्कबाट सामातिए धिरज र प्रख्यात, साथमा थियो यस्तो सामान — OSNepal

बसपार्कबाट सामातिए धिरज र प्रख्यात, साथमा थियो यस्तो सामान

LC (KTM) November 21, 2021 0

दाङ ५ मंसिर । अवैध लागु औषध ब्राउन सुगर सहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय धिरज बुढाथोकी र बबई गाउँपालिका-४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् ।

प्रहरीले गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले निजहरुलाई बसपार्कबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरु उपर थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर