OSNepal बिहिबार, मंसिर १६ २०७८

इन्टरपोलमा चिनियाँ प्रवेशको प्रयासले त्रास, निवेदन खारेज गर्न माग

इन्टरपोलमा चिनियाँ प्रवेशको प्रयासले त्रास, निवेदन खारेज गर्न माग

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


इन्टरपोलमा चिनियाँ प्रवेशको प्रयासले त्रास, निवेदन खारेज गर्न माग
Reading Time: < 1 minute

पेरिस । एच उच्च चिनियाँ अधिकारीको इन्टरपोल सञ्चालन विभागमा दिएको निवेदनबारे विश्वको धयानाकर्षण भएको छ। विश्वभरका सांसदहरु र अभियानकर्मीहरुले बेइजिङले अपराध नियन्त्रण गर्ने सुरक्षा अंगलाई नै मौन गराउनका लागि आफ्ना जासुसहरु परिचालन गर्न थालेको भन्दै चीनको आलोचना गरिरहेका छन्।

चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका सहप्रबन्धक हु बिनचेन पनि इन्टरपोलको कायएकारी समितिका लागि निवेदन दिएका छन्। उनको उम्मेदवारीले थप प्रश्नहरु सिर्जना गरेको हो। इन्टरपोलको कार्यकारी समितिमा परेका आवेदनहरुको अनुसन्धानपछि नोभेम्बर २३ देखि २५ सम्म यसको निर्णय गरिने भएको छ।

फ्रान्सेली पत्रिका लिब्रेसनमा प्रकाशित एक समाचार अनुसार विश्वभरका सांसदहरुले हु बिनचेनको निवेदन खारेज गर्नुपर्ने माग गरेका छन्। विश्व प्रहरी संगठनमा परेको बिनचेनको निवेदन खारेज नभए यसले गम्भीर परिणामहरु ल्याउने उल्लेख गर्दै तत्काल उनको प्रवेशमा रोक लगाउनुपर्ने बताएका छन्।

अन्तर संसदीय गठबन्धनका ५० सांसदहरुले चिनियाँ गृहमन्त्रालयलाई एक पत्र लेख्दै हुले उक्त पदलाई संगठनको उद्देश्य विपरीत प्रयोग गर्नेतर्फ ध्यानाकर्षण गराएका छन्। मानवअधिकारवादी संगठनहरुले पनि हुलाई उक्त पद दिन नहुने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड