शान्ति सम्झौता भएको १५ वर्षको अवसरमा अध्यक्ष प्रचण्डले भने- समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै छ — OSNepal

शान्ति सम्झौता भएको १५ वर्षको अवसरमा अध्यक्ष प्रचण्डले भने- समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै छ

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता गरेको १५ वर्ष पुरा भएको अवसरमा एक विज्ञप्ती जारी गरी अध्यक्ष प्रचण्डले आफहरु त्यसमा प्रतिवद्ध भएको बताएका हुन् ।

युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ’ ।

आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध भएको भन्दै विज्ञप्तीमा उल्लेख भनिएको छ ।

‘यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर