काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सर्मथकलाई आयो फेरी अर्को खुशीको खबर — OSNepal

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सर्मथकलाई आयो फेरी अर्को खुशीको खबर

LC (KTM) November 21, 2021 0

बागलुङ, ५ मंसिर । नेपाली कांग्रेस बागलुङ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनौटमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको पकड देखिएको छ । चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा पौडेल निकट नेतृत्वले तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । सभापति शेरबहादुर देउवानिकट नेतृत्व एक क्षेत्रमा मात्रै विजयी भएका छन् ।

चारमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ (क) मा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिइन । क्षेत्र नम्वर १ (ख) को सभापतिमा दलबहादुर श्रीस राना, क्षेत्र नम्वर २ (ख) काे सभापतिमा मेषलाल शर्मा र क्षेत्र नम्बर १ (क) मा हरिबहादुर जिसीको प्यानल विजय भएको छ । नेतृत्व छनाेटमा केन्द्रीय राजनीतिको गुटगत प्रभाव जिल्ला तहमा पनि देखिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ (क) मा देउवा निकट मानिने पार्टी सभापति विजय भएका छन् । अन्य तीन क्षेत्रीय सभापतिमा पौडेल निकट मानिने नेतृत्व विजय भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर