OSNepal सोमबार, मंसिर २० २०७८

उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने, ‘मेरो प्यानल छैन, एक्लै भिड्ने हो’

उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने, ‘मेरो प्यानल छैन, एक्लै भिड्ने हो’

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने, ‘मेरो प्यानल छैन, एक्लै भिड्ने हो’
Reading Time: < 1 minute

काठमाडौं, ५ मंसिर – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । ‘प्रत्येक व्यक्तिले व्यक्तिगतरुपमा चुनाव लड्ने तय भएको छ,’ उनले भने, ‘मेरो कसैसँग कुनै पदमा कुनै सहमति भएको छैन । कुरा पनि भएको छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड