उम्मेदवारी घोषणा गर्न समेत पार्टी केन्द्रीय कार्यालयमा कुनै ठाउँ नै दिइएन — OSNepal

उम्मेदवारी घोषणा गर्न समेत पार्टी केन्द्रीय कार्यालयमा कुनै ठाउँ नै दिइएन

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिँदै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आफुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै गर्ने भनेपनि त्यो सम्भव नभएको बताएका छन् । उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर