थप २३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३७० जना निको भई घर फर्किए — OSNepal

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३७० जना निको भई घर फर्किए

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरिएको परिक्षणमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यासँगै हाल सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३७० जना संक्रमण मुक्त भई घर फर्किएका छन् । साथै १ जना सक्रमितको भने ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर