चौतर्फी आलोचना भएपछि पतंजली योगपीठले भन्यो - नेपाल सरकारको नियमानुसार अनुमति प्राप्त गरेपछि मात्र टिभी सञ्चालन गर्नेछौं — OSNepal

चौतर्फी आलोचना भएपछि पतंजली योगपीठले भन्यो – नेपाल सरकारको नियमानुसार अनुमति प्राप्त गरेपछि मात्र टिभी सञ्चालन गर्नेछौं

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । स्पष्ट जानकारीको अभावमा भ्रामक सूचना प्रकाशन गरेको भन्दै पतंजली योगपीठ नेपालले आपत्ती जनाएको छ ।

आज आइतबार पतंजलीका आईटी इञ्चार्ज सन्दीप वाल्मीकिले प्रेस विज्ञप्ती निकाल्दै नेपाल सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त गरेपछि मात्र टिभी सञ्चालनमा ल्याउने जानकारी दिँदै भ्रामक सूचना प्रकाशन गरेको प्रति आपत्ती जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७८र०८र०३ गते सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा विश्वविख्यात् स्वामी रामदेव जी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जीको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभ साइतको लागि टिभी भवनको उद्घाटन गरिएको हो तर प्रशारण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको ब्यहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात मात्र टिभी सञ्चालन हुने ब्यहोरा जानकारी गराइन्छ ।’

पतंजली नेपाल टिभी र आस्था नेपाल टिभी नितान्त योग, आयुर्वेद शिक्षा, संस्कृति, कला, साहित्य, अध्यात्मिक, दार्शनिक ज्ञान सञ्चार गर्ने उदेश्यले सञ्चालन गर्ने तयारी गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘यो विशुद्ध सेवामुलक सामाजिक संस्था भएकोले यस टिभीको उदेश्य पनि समाज सेवासँग आवद्ध हुने कुरा स्पष्ट पार्न चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर