प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त — OSNepal

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलकी माता खुमकुमारी पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको ग्रिन सिटी अस्पताल सामाखुसीमा उपचारका क्रममा आज ८२ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै मुख्यसचिव पौडेलसहित शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय पौडेल परिवारका सबै सदस्यहरुलाई सदा मार्गदर्शन र उत्प्रेरणा प्रदान गर्दै आउनुभएकी खुमकुमारी पौडेलको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर