कुशल र सर्बेन्द्रको सहकार्यमा तयार भयो 'किन रोयौ आमा', हेर्नुहोस् भिडियो — OSNepal

कुशल र सर्बेन्द्रको सहकार्यमा तयार भयो ‘किन रोयौ आमा’, हेर्नुहोस् भिडियो

LC (KTM) November 21, 2021 0

काठमाडौँ । प्रवासमा रहेर कलाकारितमा रमाउने कमै सर्जक, लेखक भेटिन्छन् । जसमध्येका एक हुन् कलाकार सर्बेन्द्र अधिकारी । सर्वेन्द्रको शब्द शृजना र स्वर रहेको नयाँ गीत किन रोयौ आमाको भिडियो सार्बजनिक गरिएको छ ।

गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत किन रोयौ आमामा संगीत पनि गायक सर्वेन्द्रकै रहेको छ । जसमा संगीत संयोजन सुनिल राईको रहेको छ । सार्वजनिक भिडियषेको परिकल्पना र निर्देशन लोकप्रिय संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

करिब ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक श्रेष्ठले किन रोयौ आमामा प्रवासमा रहँदा मातृभूमिमा बिताएका पल, मातृभूमिमा घटेका विभिन्न घटनाले मनमा झनै चोट परेका पलहरुलाई निकै नै सान्दर्भिक तरिकाले देखाएका छन् ।

बेलायतमा छायांकन गरिएको भिडियो निर्देशक कुशल र सर्बेन्द्रको दोस्रो सहकार्य हो । विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमी बिर्सेका छैनन् र जन्मभूमीका लागि केही गर्न चाहन्छन् भन्ने मूल सन्देश दिन खोजेको भिडियोमा गायक स्वयमको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर