आज थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु — OSNepal

आज थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर -देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नौ हजार १२३ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३१४ रहेको छ । पछिल्लो समय थप ३७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३५९ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एक जनाको मृत्यु -पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय ४० हजार १४जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १६४ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ६९६ छन् । संस्थागत आइसोलेसनमा ४६८ , आईसीयूमा २२७ र भेन्टीलेटरमा ५१ जनाको उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर