बिग बोस सिजन १५ का यी हुन् टप ३ प्रतिष्पर्धी , यी मध्ये को बन्छ त बिजेता ? — OSNepal

बिग बोस सिजन १५ का यी हुन् टप ३ प्रतिष्पर्धी , यी मध्ये को बन्छ त बिजेता ?

LC (KTM) November 21, 2021 0

बिग बोस सिजन १५ मा निर्माण पक्षले तमाम कोशिश गरे पनि शो को टीआरपीमा खासै कुनै बदलाव देख्न पाइएको छैन । टीआरपी बढाउनका लागि यस पटक प्रेस कन्फ्रेन्स पनि धेरै भइरहेको छ । रिर्पाेटका अनुसार आउँदो एपिसोडमा मिडिया पर्सन बिग बोस हाउसमा रहेका प्रतिष्पर्धीहरु संग कडा प्रश्न गरेको हेर्न पाईनेछ ।

अलग अलग मिडिया हाउस बाट शो मा पुगेका मिडिया पर्सनले शो को टप ३ प्रतिष्पर्धी समेत बताई दिएका छन् । यस शो का प्रतिष्पर्धीहरु कतिको पानी माथि रहेका छन् त्यो पनि मिडिया पर्सनहरुले हाउस भित्र पुगेर छर्लङ्ग पारिदिएका छन् । तीखो र कडा प्रश्नका बीच मिडिया पर्सनले टप ३ को नाम समेत बताई दिएका छन् । उनीहरुका अनुसार करण कुन्द्रा , तेजस्वी प्रकाश तथा प्रतीक सहजपाल टप ३ फाईनालिस्ट रहेको बताई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर