प्रसिद्ध पञ्जाबी लोक गायिका गुरमित बावाको निधन, लामो समय देखी थिईन् बिरामी — OSNepal

प्रसिद्ध पञ्जाबी लोक गायिका गुरमित बावाको निधन, लामो समय देखी थिईन् बिरामी

LC (KTM) November 21, 2021 0

प्रसिद्ध पञ्जाबी लोक गायिका गुरमित बावाको आज निधन भएको छ । उनी लामो समय देखी बिरामी रहेकी थिईन् । शनिबार राती गुरमीत बावाको स्वास्थ्य अवस्था जटिल बनेपछि अमृतसरको अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ७७ बर्षिया गुरमीतले आफ्नो अन्तिम श्वास लिईन् । उनको अन्तिम संस्कार भोली गरिने भएको छ । उनको निधनले सांगीतिक जगत नै शोकमा डुबेको छ ।

गुरमीत बावाको पञ्जाबी लोक गायनमा ४५ सेकेण्डको हेक रेकर्ड समेत रहेको थियो । उनले कैयौ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मान आफ्नो गायन करियरमा प्राप्त गरेकी थिईन् । उनी जुगनी गाउने गायकमध्ये एक थिईन् । साथै उनी पहिलो पञ्जाबी महिला गायिका रहेकी थिईन् जसले दुरदर्शनमा गीत गाएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर