अचानक अमेरिकाको यो हाईवेमा भयो नोटको बर्षा , गाडी रोकेर तछाड मछाड गर्दै पैसा टिप्न थालेको भिडियो भयो भाइरल — OSNepal

अचानक अमेरिकाको यो हाईवेमा भयो नोटको बर्षा , गाडी रोकेर तछाड मछाड गर्दै पैसा टिप्न थालेको भिडियो भयो भाइरल

LC (KTM) November 21, 2021 0

संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालीफोर्नियामा शुक्रबार एक बख्तरबन्द ट्रकबाट पैसाको ब्याग नै झरेको छ । त्यसपछि नगद टिप्न मान्छेहरुको होडबाजी नै चलेको थियो । नगद टिप्ने क्रममा दुर्घटना समेत भएको छ । प्रहरी अधिकारीका अनुसार यो घटना शुक्रबार ९ बजेर १५ मिनेट जाँदाको हो ।

जब बख्तरबन्द ट्रक सैन डिएगो बाट फेडरल डिपोजिट इन्सुरेन्स कर्पको कार्यालय तिर गईरहेको थियो । ट्रकमा रहेको कतिपय ब्याग फुस्किएर दक्षिणी क्यालिफोर्नियाको काल्र्सब्याण्डको प्रमुख सडकमा रुपैयाहरु झरेका थिए । यसको भिडियो अहिले भाइरल भएको छ । भाइरल भिडियोमा धेरै मानिसहरु नगद पैसा टिपिरहेको देख्न सकिन्छ ।

कतिपयले नगदको ढेर नै पक्रिएका थिए भने नोटहरु झारिरहेका थिए । यो मुख्य रुपमा एक डलर तथा २० डलरको नोट रहेको थियो । हालै अधिकारीहरुले उक्त नोटहरु फिर्ता गर्नका लागि सर्बसाधरणहरु संग आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर