ए डिभिजन लिग : मनाङद्धारा जावलाखेल पराजित — OSNepal

ए डिभिजन लिग : मनाङद्धारा जावलाखेल पराजित

LC (KTM) November 21, 2021 0

मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक एु डिभिजन लिगमा सुखद सुरुवात गरेको छ । ए डिभिजन लिगको आठ पटकको च्याम्पियन बनिसकेको मनाङले आज भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो । मनाङले जावलाखेललाई एक शुन्य गोल अन्तरले पराजित गर्न सफल भयो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी नायक बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दिनेशले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यस्तै मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच घोषित भए । लिग अन्तर्गत भोलि पनि दुई खेलहरु हुने बताइएको छ ।

पहिलो खेलमा दुई विभागीय टिमले प्रतिष्पर्धा गर्दैछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी बीच भिडन्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर