जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन — OSNepal

जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

LC (KTM) November 21, 2021 0

वाग्मती, ५ मङ्सिर -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उहाँले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । मन्त्री खतिवडाले मकवानपुर जिल्लाअन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँदै विकास निर्माणका योजनालाई तोकिएको समयमा नै पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यहाँका अधिकांश सरकारी कार्यालयको वस्तुस्थिति र प्रगति तथा जिल्लाको शान्तिसुरक्षाका अवस्थाबारे मन्त्री खतिवडालाई जानकारी गराउनुभयो । सो अवसरमा रासस वाग्मती प्रदेश कार्यालयका प्रमुख सुरेश झाले समाचार सङ्कलन र सम्पे्रषणको काम प्रभावकारी रुपमा भइरहेको जानकारी दिँदै हालसम्म आफ्नै कार्यालय भवन नहुँदा समाचार सङ्कलन र सम्पे्रषणमा समस्या भइरहेको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर