ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबको संघर्ष पुर्ण जित — OSNepal

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबको संघर्ष पुर्ण जित

LC (KTM) November 21, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले संघर्ष पुर्ण जित निकालेको छ । आज भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई दुईका बिरुद्ध तिन गोल गर्दै ब्रिगेडले सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङको नाममा एक गोल रह्यो ।

एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनने । । जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको छ । एपीएफले भने हारबाट सिजनको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर घोषित भयो हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर