बैतडीमा जन्ती बोकेको जिप दुर्घटना , चार जनाको मृत्यु,थप विवरण आउन बाँकी — OSNepal

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना , चार जनाको मृत्यु,थप विवरण आउन बाँकी

LC (KTM) November 21, 2021 0

बैतडी, ५ मंसिर-बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर