स्वास्थ्यमन्त्री खतिवडाद्वारा भरतपुर अस्पतालको निरीक्षण — OSNepal

स्वास्थ्यमन्त्री खतिवडाद्वारा भरतपुर अस्पतालको निरीक्षण

LC (KTM) November 21, 2021 0

भरतपुर -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री खतिवडाले आज अस्पतालको आकस्मिक कक्ष, आईसीयू र शल्यक्रिया कक्षको निरीक्षण गर्नुभएको हो ।सो अवसरमा मन्त्री खतिवडाले भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको उल्लेख गर्दै मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी अस्पतालको सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालमा आवश्यक शय्या र जनशक्तिको दरबन्दी थप गरिदिन मन्त्री खतिवडालाई आग्रह गर्नुभयो ।

सीटीईभीटीले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउन पहल गरिदिनसमेत पौडेलले मन्त्री खतिवडा समक्ष आग्रह गर्नुभएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । निरीक्षणपछि आयोजित कार्यक्रममा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल, अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका प्रवक्ता डा युवानिधि बसौलालगायतले मन्त्री खतिवडालाई सो अस्पतालका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर