न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज भारतद्धारा क्लिन स्विप — OSNepal

न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज भारतद्धारा क्लिन स्विप

LC (KTM) November 21, 2021 0

न्युजिल्याण्ड विरुद्धको तीन खेलको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज घरेलु टिम भारतले क्लिन स्विप गरेको छ । कोलकत्तामा आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्डलाई ७३ रनको अन्तरले हराउँदै भारतले सिरिज तीन शुन्यले क्लिन स्विप हानेको हो । भारतले न्युजिल्याण्डलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिंगमा उत्रिएको न्युजिल्याण्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सकेपछि नतिजा भारतलाई सुम्पिएको थियो ।न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन भने असफल नै रहे । न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका अक्षर पटेलले ३ तथा हर्सल पटेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो ।भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन बनाए ।यस्तै इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले २० रन बनाए । न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर