च्याउ खेती गर्नका लागि आगो बालेर ड्रममा पराल उसिन्दै च्याउ व्यवसायी — OSNepal

च्याउ खेती गर्नका लागि आगो बालेर ड्रममा पराल उसिन्दै च्याउ व्यवसायी

LC (KTM) November 22, 2021 0

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ स्थित च्याउ खेती गर्नका लागि आगो बालेर ड्रममा पराल उसिन्दै च्याउ उत्पादन व्यवसायी ।

किसानलाई बीउ वितरण-शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।

कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३२५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त रु २० लाख रकममध्ये रु सात लाख र किसानले बेहोरेको रु सात लाख गरी रु १४ लाखमा गहुँको बीउ खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो ।

“किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र वाणगङ्गा जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ । शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने छन् ।

सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ । किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ । नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर