भान्छामा टिकटक गरेर भाईरल भएका पुरु सिग्देलर आमा मिडियामा — OSNepal

भान्छामा टिकटक गरेर भाईरल भएका पुरु सिग्देलर आमा मिडियामा

LC (KTM) November 22, 2021 0

टिकटकमा निकै नै भाईरल आमा छोरा हुन्, पुरु सिग्देल र बिद्या सिग्देल । भान्छामा बिभिन्न रमाईला भिडियोहरु बनाएर चर्चित बनाएका यि आमा छोराको भिडियोले धेरैलाई हसाउने गर्दछ । बिशेष त आमाले छोरालाई थप्पड हानेपछि हरेक भिडियो बेग्लै मजेदार बन्ने हेर्नेहरुको कमेन्ट हुन्छ । यसैबिच टिकटकबाट उठेर पुरु भने बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्न थाले । आफ्नो १२ औं भिडियोमा भने पुरुले आमालाई पनि अभिनय गराएका छन् । ताला चाबीको बोलको गीतमा आमा र पुरुको टिकटकको जस्तै रमाईला दृश्यहरु समेटिएको छ । प्रताप दास र एन्जिलाको आवाज रहेको गतिमा महिला मोडल समारिका ढकालको अभिनय रहेको छ ।

गीतको प्रोमोशनको लागि शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा प्रस्तुत हुँदै आमा छोरा पुरु र बिद्याले बिभिन्न रमाईला कुराहरु शेयर गरे । जापान पढ्न गएका पुरु नेपाल आएर आमालाई पनि अिभनय सिकाउँदै टिकटक बनाउन थाले र उनीहरु चर्चित बने । आमालाई अहिले बाटोमा हिड्दा पनि धेरैले चिन्ने र टिकटक बनाउने फोटो खिच्ने गर्दछन् । यता पुरु आमा र छोराको जोडी हिट हुँदा दँग छन् । आफ्नै युटुब च्यानलबाट गीत प्रस्तुत गरेका पुरुले युटुबका लागि प्रयाँक भिडियोहरु बनाउँदाको रमाईलो अनुभव पनि साटे । पुरुले अन्तर्वार्तामै आमाको झापड भेटे । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर