खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन — OSNepal

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन

LC (KTM) November 22, 2021 0

भियना, ६ मंसिर – युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् ।

पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ, क्याफे, खेल मैदान, म्युजियम, नाट्यशाला, सैलुन कम्तिमा २० दिन खुल्ने छैनन् ।

पर्यटकहरुको किनमेलको प्रमुख केन्द्र क्रिस्मस बजार पनि बन्द हुनेछन् । त्यस्तै, सम्पूर्ण होटलहरु पनि बन्द हुनेछन् । सरकारले लकडाउन घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारीले राजधानी भियनामा विरोधमा उत्रिएका छन् ।

लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । अविश्वासका कारण अझै पनि अस्ट्रियाको ठूलो जनसंख्याले खोप लगाएको छैनन् ।

सरकारले सन् २०२२ देखि कोभिडविरुद्धको खोप अनिवार्य बनाउने घोषणा गरेको छ । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी व्यवस्था गर्ने अस्ट्रिया पहिलो मुलुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर