सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली — OSNepal

सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली

LC (KTM) November 22, 2021 0

खार्तुम, ६ मंसिर -केही साताअघि त्यहाँको सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन् । सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनस्र्थापित गरेको हो ।

एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कुको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा विशाल प्रदर्शन भएका थिए ।

सेनाले सत्ता नियन्त्रण लिएपछि भड्किएको हिंसामा ४० जनाको मृत्यु भएको थियो । सहमतिअनुसार ह्यामडकले संक्रमणकालीन सरकारको नेतृत्व गर्नेछ । त्यस्तै, सेनाले सम्पूर्ण बन्दीलाई रिहा गर्ने भएको छ । ‘सुडानीको रगत मूल्यवान छ । रक्तपात अन्त्य गरौं र युवाको उर्जालाई विकास निर्माणमा सदुपयोग गरौं’, ह्यामडकले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर