OSNepal बिहिबार, मंसिर १६ २०७८

पोखराको फेवा किनारमा आगलागी हुँदा पाँच रेष्टुरेण्ट जलेर खरानी, करोडौको क्षती

पोखराको फेवा किनारमा आगलागी हुँदा पाँच रेष्टुरेण्ट जलेर खरानी, करोडौको क्षती

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


पोखराको  फेवा किनारमा आगलागी हुँदा  पाँच रेष्टुरेण्ट जलेर खरानी, करोडौको क्षती
Reading Time: < 1 minute

पोखरा, ६ मंसिर-पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।

‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन । साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेकाे छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड