यस्तो बनेर आयो अभिनेता अभिषेक बच्चन अभिनिति चलचित्र ‘बब विश्वास’ को ट्रेलर — OSNepal

यस्तो बनेर आयो अभिनेता अभिषेक बच्चन अभिनिति चलचित्र ‘बब विश्वास’ को ट्रेलर

LC (KTM) November 22, 2021 0

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चनको प्रमुख भूमिका रहेको चलचित्र ‘बब विश्वास’ को ट्रेलर सार्वजनिक भएको छ । ३ डिसेम्बरमा ओटिटी प्लेटर्फम ‘जि ५’ बाट प्रदर्शन आउन लागेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । क्राइम थ्रिलर विधामा रहेको यो चलचित्रमा अभिनेता अभिषेकसँगै अभिनेत्री चित्रान्गदाको अभिनय छ । लामो समयपछि ठूलो पर्दामा फर्किएकी चित्रान्गदा चलचित्रमा अभिषेककी पत्नीको भूमिकामा देखिएकी छन् । बबको भूमिकामा देखिएका अभिषेक स्मरणशक्ति गुमाएको व्यक्तिको चरित्रमा प्रस्तुत भएका छन् ।

बबको भूमिका निभाएका उनी चलचित्रमा आफ्नो गुमेको याद खोज्न हिँडेको कथालाई देखाइएको छ ।सौर्य दैनिकमा खबर छ । सन् २०२० को सुरुआत्मा छायांकन थालिएको थियो । गत वर्ष छायांकन सकिएपछि यसलाई प्रदर्शनका लागि तयार बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्र सन् २०१२ मा प्रदर्शनमा आएको सुजाय घोषको थ्रिलर चलचित्र ‘कहानी’ को पात्र बब विश्वासको ‘स्पिन अफ’ को रुपमा निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर