'रम रम मरौटी'ले एक महिना नपुग्दै कमायो एक करोड — OSNepal

‘रम रम मरौटी’ले एक महिना नपुग्दै कमायो एक करोड

LC (KTM) November 22, 2021 0

काठमाडौं । पछिल्लो समय नेपाली लोक दोहोरी गीतहरु दर्शक श्रोताको विशेष रोजाईमा पर्न थालेको छ । यसै क्रममा एक महिना अघि रिलिज भएको लोक दोहोरी गीत रम रम मरौटीले एक महिना नपुग्दै एक रोड भ्युज पाएको थियो । यो गीतको भिडियोलाई अहिलेसम्म १ करोड २५ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

यो गीतले १ करोड भन्दा बढी भ्युज श्रोता दर्शकबाट पाएको भन्दै यसका कलाकारहरुले शनिबार सञ्चारकर्मीसँग खुसी साटेका छन् । गाउँमा पाईने रम रम मरौटी झारलाई समेटेर बनाईएको यो लोक दोहोरी गीतले आफुले सोचेको भन्दै धेरै नै लोकप्रियता पाएका यसका गायक तथा संगीतकार खेम सेन्चुलीले सो क्रममा सञ्चारकर्मीलाई बताए ।

केही वर्ष अघिसम्म हेपिएको नेपाली लोक दोहोरी गीतहरु आजकाल शहरका ठुला पार्टीृमा बजेको सुन्दा आफुलाई निकै खुसी लागेको सेन्चुरीले बताए । यो गीतलाई खेम र अस्मिता अधिकारीले गाएका हुन् ।

रम रम मरौटी टिमले यो गीतले करोड भ्युज कमाएको भन्दै कार्यक्रममा सबैलाई धन्यबाद दिँदै केक काटेर आपसमा खुसी साटेका छन् । यो गीतले अहिले पनि दैनिक तीन लाख भ्युज पाउने गरेको पनि कार्यक्रममा उनीहरुले जानकारी गराए ।राजधानि दैनिकमा खबर छ ।

गीतको भिडियोमा अभिनेत्री पुजा शर्मा र मोडल ओबी रायमाझीले अभिनय गरेका छन् । निकै माधुर्य यो गीतले आफुलाई अझ बढी चिनाएको अभिनेत्री पुजा शर्माले बताएकी छिन् । चलचित्र बजार सुस्ताएको बेला आफुहरुलाई यस्तै सफल म्युजिक भिडियोलाई अहिले साथ दिएको पनि उनको कथन थियो । मोडल ओबी रायमाझीले आफ्नो जीवनकै सबैभन्दा सफल गीत यो भएको र यसले आफुलाई मोडलको रुपमा थप स्थापित गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर