महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै — OSNepal

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

LC (KTM) November 22, 2021 0

काठमाडौँ, ६ मङ्सिर-नेकपा ९एमाले० को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर