कांग्रेस अधिशवेन : बैतडीमा देउवा र पौडेल पक्ष विजयी — OSNepal

कांग्रेस अधिशवेन : बैतडीमा देउवा र पौडेल पक्ष विजयी

LC (KTM) November 22, 2021 0

बैतडी, ६ मंसिर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् ।

बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेकाे छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनको मत परिणाम आइतबार आइसकेको छ । जसअनुसार प्रदेशसभा क्षेत्र न. (क) मा देउवा पक्ष अर्थात जिल्ला सभापतिका उमेदवार शिवराज भट्टको प्यानल विजयी भएको छ भने क्षेत्र न‌ं.(ख)मा पौडेल पक्ष अर्थात चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ ।

दुवै कार्यसमितिमा सबै पदाधिकारी एकै प्यानलबाट विजयी भएका छन् । प्रदेश प्रतिनिधिमा पनि क्षेत्र (ख)मा सबै १७ जना चन्द प्यानलकै विजयी भएका छन् भने क्षेत्र (क)मा तीन जना चन्द प्यानल र अरू भट्ट प्यानलबाट विजयी भएका छन् ।

बैतडी प्रदेश सभा क्षेत्र (क) को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी नविनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए ।

यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन् ।

यस्तै सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनवीरसिंह धामीले बताए ।

बैतडी प्रदेश सभा क्षेत्र (क) जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानल(देउवा पक्ष)ले पदाधिकारीमा विजय हासिल गरेको हो । क्षेत्र नं (क) मा ६४५ मत खसेको थियो ।

यसैगरी बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे ।

यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन् ।

यस्तै सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएको मतदान अधिकृत घनश्याम लेखकले बताए ।

बैतडी प्रदेश सभा क्षेत्र (ख) मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारी र १७ जना प्रदेशसभा प्रतिनिधिमा विजय हासिल गरेको हो भने शिवराज भट्टको प्यानल शून्य आएको छ । क्षेत्र नं (ख) ६७५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर