OSNepal शनिबार, मंसिर ११ २०७८

सर्वसमितिबाट माओवादी जुम्लाको ५२ वडाको नेतृत्व चयन

सर्वसमितिबाट माओवादी जुम्लाको ५२ वडाको नेतृत्व चयन

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


सर्वसमितिबाट माओवादी जुम्लाको ५२ वडाको नेतृत्व चयन
Reading Time: < 1 minute

जुम्ला- नेकपा माओवादी केन्द्र जुम्लाको ५२ वडामा सर्वसमितिबाट नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्य ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका ईन्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भईसकेको र वाँकी एक दुई दिनमा नौ वडाको सकिने भएको छ । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिंजाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको बताउनुभयो । यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र वाँकी ३ वडाको भईरहेका छन् ।

चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको जानकारी दिनुभयो । यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भईसकेको वाँकी तयारी भईरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सवैवडामा सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटि १९ सदस्यीय, सेल कमिटि १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड