बलिउडकै बोल्ड नायिका मल्लिका शेरावतको साथमा हिपोक्रेसी–शोषण — OSNepal

बलिउडकै बोल्ड नायिका मल्लिका शेरावतको साथमा हिपोक्रेसी–शोषण

LC (KTM) November 22, 2021 0

मल्लिका शेरावत हिन्दी फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् । आज मल्लिकाले आफ्नो ४५ औ जन्म दिन मनाई रहेकी छिन् । मल्लिकाले बलिउड फिल्ममा काम गरे संगै अन्र्तराष्ट्रिय प्रोजेक्टहरुमा समेत काम गरेर बिदेशी फिल्म उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । भारत वापस आए संगै मल्लिकाले डिजिटल प्राजेक्ट्समा ध्यान दिई रहेकी छिन् । मल्लिका यतिबेला आफ्नो वेब सिरिजको शुटिंग गरिरहेकी छिन् ।

आफ्नो नयाँ एक अन्र्तबार्तामा मल्लिकाले भनेकी छिन् कि उनी अहिले आफ्नो डिजिटल करियरमा ध्यान दिईरहेकी छिन् । सन् २००० मा मल्लिकाले बलिउडमा सबैभन्दा बोल्ड सेलिब्रेटीको पहिचान बनाएकी थिईन् । उनले ख्वाहिस तथा मर्डर जस्तो फिल्ममा इन्टिमेट सीन दिएर एकदमै चर्चा बटुलेकी थिईन् । मल्लिकाले भनिन्– म ज्याकि चेनको साथमा फिल्म गर्ने पहिलो भारतीय थिए । मैले कैयौ अन्य फीमेल एक्टर्सको साथमा अडिशन दिएको थिए ।

तर मैले यसलाई लिएर एकदमै हिपोक्रेसी देखे । मलाई लाग्यो कोही यस कुरामा खुशी थिएन कि एक सानो शहर बाट आएकी केटी, जस्ले मुम्बईमा आफ्नो करियर बनायो, बिदेशीको फिल्म फेस्टिवलमा गई रहेको छु । मैले मिडियाको एक हिस्साबाट शोषण खर्थात बुलिंगको सामना समेत गरे । मलाई यो सबै ठिक लागिरहेको थिएन त्यसैले सोचे देश छोडे जानु नै मेरो लागि सही हुन्छ । तर पनि मल्लिका यी सबै चीज बाट निराश भईनन् । जबकी उनी झन शक्तिशाली भईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर