OSNepal बिहिबार, मंसिर १६ २०७८

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल : नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल : नेपाल हङकङसँग पराजित

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल : नेपाल हङकङसँग पराजित
Reading Time: < 1 minute

काठमाडौं, ६ मंसिर – आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड