पोखराका यि इमान्दार छविलाल, जसले बाटोमा भेटेको ५ लाख प्रहरी चौकीमा पुगेर बुझाए, हेर्नुहोस् भिडियो — OSNepal

पोखराका यि इमान्दार छविलाल, जसले बाटोमा भेटेको ५ लाख प्रहरी चौकीमा पुगेर बुझाए, हेर्नुहोस् भिडियो

LC (KTM) November 22, 2021 0

पोखराको छोरेपाटन स्थित बाटोमा पैदल यात्रा गर्ने क्रममा छविलाल पौडेलले ४ लाख ९० हजार फेला परेपछि छोरेपाटनको प्रहरी चौकीमा बुझाइएका छन् । पोखरा महानगरपालिका वडा नं-१७ छोरेपाटन बेलधारीको शिवहरी मार्ग मा बसोबास गर्दै आएका छविलाल पौडेलले डेबिजफल तिव्बेतियन क्याम्प चोकमा बाटोमा हिडदै गर्दा रु४९००००अक्षरुपी चार लाख नब्बेहजार रुपैया फेला पारेका थिए ।

बाटोमा एकासी यति धेरै रकम भेटेपछि उनले परिवारको सल्लाहमा उक्त रकम खसाल्ने ब्यक्तिको खोजी गरि, छोरेपाटन प्रहरी चौकीका प्रमुख लगायत अन्य भद्र भलादमीहरुको रोबरमा संबन्धित व्यक्ति लाई रकम हस्तान्तरण गरेका छन् ।

समाजमा एक उदाहरणिय भावना देखाउदै राम्रो काम गरेको भन्दै यति बेला सामाजिक संजालमा उनको चर्चा हुदै आएको छ ।हेर्नुहोस पैसा भेटाउने मानिससँग गरिएको अन्तर्वार्ता भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर