खुट्टाबाट खुन निस्किदा पनि शुटिंग रोकिनन् नोरा फतेहीले , अहिलेको हट गीत कुसु कुसुको बिटिएस भिडियो यस्तो छ — OSNepal

खुट्टाबाट खुन निस्किदा पनि शुटिंग रोकिनन् नोरा फतेहीले , अहिलेको हट गीत कुसु कुसुको बिटिएस भिडियो यस्तो छ

LC (KTM) November 22, 2021 0

नोरा फतेही बलिउडकी एक मेहनती तथा उदाउँदो स्टारमा एक रहेकी छिन् । अक्सर गरेर उनी आफ्नो डान्स, गीत तथा फेशन सेन्सलाई लिएर एकदमै चर्चामा रहने गरेकी छिन् । अहिले उनको आफ्नो नयाँ गीत कुसु कुसु लाई लिएर चर्चा चुलिएको छ । दिलबर दिलबरको जस्तै सत्यमेव जयते २ को गीत पनि हिट भएको छ ।

यो गीत हिट हुनै पर्ने थियो किनकि यो गीतको लागि मात्रै टीमले दिन रात मेहनत गरेको छ । खास गरी नोरा फतेही जसलाई शुटिंगको दौरानमा निक्कै धेरै चोट आएको थियो । कुसु कुसुको रिलीज पछि नोराले सामाजिक सञ्जालमा यसको बिटीएस पोस्ट गरेकी छिन् । भिडियोमा नोरालाई शुटिंगको दौरानमा गलामा चोट आएको थियो । गीतमा नोराले हैभी बडीसुट लगाएकी थिईन् जस संग जोडिएको सल उनको हारमा बाँधिएको थियो ।

गीतको शुट गरिरहेको बेला नोराको गलामा फस्न पुग्छ । जसका कारण नोराको घाँटीमा कस्सिएको थियो । हारका कारण उनको गलामा एकदमै चोट आएको थियो । नोराले यो क्षण आफ्ना लागि एकदमै नराम्रो अनुभव रहेको बताएकी छिन् । जस्लाई उनले कहिल्यै बिर्सन नसक्ने बताएकी छिन् । त्यस्तै नोराले गीतको ड्रेसमा म्याच गर्न हाई हील समेत लगाएकी थिईन् ।

नाँच्ने क्रममा उनको पैतालामा काँच बिझेको थियो । जसका कारण उनको पैतालाबाट धेरै खुन बगेको थियो । उनले पैतालामा पट्टि बाँधेर भए पनि शुट गरेकी थिईन् । निर्माण पक्षले शुटिंग रोक्न लाग्दा पनि उनले शुट गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर