हरेक २४ सेकेन्डमा सडक दुर्घटनामा १ जनाको मृत्यु — OSNepal

हरेक २४ सेकेन्डमा सडक दुर्घटनामा १ जनाको मृत्यु

LC (KTM) November 22, 2021 0

संयुक्त राष्ट्रसंघ ६ मङ्सिर- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ ।महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चलान गर्नुपर्छ ।

विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिनुभएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गर्नुभएको हो । उहाँले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो । यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उहाँले विश्वका देशहरुलाई आग्रह गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर