शौचालय जाँदा लडेर वडाध्यक्ष बस्यालको मृत्यु, परिवारमा रुवाबासी — OSNepal

शौचालय जाँदा लडेर वडाध्यक्ष बस्यालको मृत्यु, परिवारमा रुवाबासी

LC (KTM) November 22, 2021 0

बुटवल, ६ मंसिर -शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए ।

उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर