आज थप ३८५ जनामा कोरोना सङ्क्रमण पुष्टि , चार जनाको मृत्यु — OSNepal

आज थप ३८५ जनामा कोरोना सङ्क्रमण पुष्टि , चार जनाको मृत्यु

LC (KTM) November 22, 2021 0

काठमाडौँ, ६ मङ्सिर-देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३३२ पुगेको छ । पछिल्लो समय थप २५८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ६१७ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट चार जनाको मृत्यु -पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । त्यसैगरी, पछिल्लो समय ७१ हजार ४८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २६९ रहेको छ । होम आइसोलेसनमा ६ हजार ८२७, संस्थागत आइसोलेसनमा ४४२, आइसियूमा २३० र भेन्टिलेटरमा ५५ जनाको उपचार हुँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर