बिबाह गरेको १२ बर्ष पुग्यो भन्दै अभिनेत्री शिल्पाले राज कुन्द्राका लागि लेखिन् यस्तो पोष्ट — OSNepal

बिबाह गरेको १२ बर्ष पुग्यो भन्दै अभिनेत्री शिल्पाले राज कुन्द्राका लागि लेखिन् यस्तो पोष्ट

LC (KTM) November 22, 2021 0

पोर्नाेग्राफी मुद्धामा फसेर बाहिर आएका राज कुन्द्रा अहिले गुप्तबास बसे जत्तिकै छन् । उनी अहिले मिडियामा छाउन छाडेका छन् । राजकै कारण शिल्पालाई समेत करियरमा निक्कै ठुलो असर पुग्यो । तर समय संगै यी सबै कुराहरु सेलाएर गएका छन् । बलिउडमा एकदमै राम्रो मानिएको यो जोडी त्यहि केसका कारण दर्शकको नजरमा केही झरेको छ ।

तर यही जोडीले आज आफ्नो बैबाहिक जिवनको १२ बर्ष बिताएको छ । आजकै दिन शिल्पा शेट्टी र राज कुन्द्रा विवाह बन्धनमा बाँधिएका थिए । बाहिर जे जस्तै भए पनि भित्री सम्बन्ध यी जोडीको एकदमै मजबुत रहेको देख्न सकिन्छ । यसैबीच वैवाहिक वर्षगाँठको अवसरमा शिल्पाले श्रीमान् राज कुन्द्राका लागि एउटा सुन्दर पोस्ट फ्यानहरु माझ सेयर गरेकी छिन् ।

बिगतका नराम्रा दिनहरुलाई संझदै उनले आफ्ना पतिका लागि पोष्ट शेयर गरेकी हुन् । राजका लागि लेखिएको म्यासेजले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ ।  शिल्पाले यस्तो लेखेकी छिन् पोष्ट १२ वर्ष अघि यहि अवसरमा हामीले एक–अर्कालाई सुख, दुःखमा साथ दिने, प्रेम र विश्वासको बचन दिएका थियौं । साथै, हामीले भगवानसँग हरेक दिन सत्य बाटो देखाउन पनि भनेका थियौं । १२ वर्ष । ह्याप्पी एनिभर्सरी कुकी राज कुन्द्रा ।’ यी जोडी बीच सन् २००९ मा बिबाह भएको थियो । राजले आफ्नो पहिलो पत्नीलाई डिर्भाेस गरेर शिल्पा संग बिबाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर