OSNepal शनिबार, मंसिर ११ २०७८

तारकेश्वर नगरपालिका ६ ‘ख’ मा महाधिवेशन प्रतिनिधि संख्यामा विवाद, मतदान स्थलमा नारावाजी

तारकेश्वर नगरपालिका ६ ‘ख’ मा महाधिवेशन प्रतिनिधि संख्यामा विवाद, मतदान स्थलमा नारावाजी

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


तारकेश्वर नगरपालिका ६ ‘ख’ मा महाधिवेशन प्रतिनिधि संख्यामा विवाद, मतदान स्थलमा नारावाजी
Reading Time: < 1 minute

काठमाडौं ६ मंसिर । काठमाडौंस्थित तारकेश्वर नगरपालिका वडा नम्बर ६ ख मा प्रतिनिधिसभा क्षेत्रिय सभापति पदका लागि भएको निर्वाचनमा दूई पक्ष बिच विवाद भएको छ ।

महाधिवेशन प्रतिनिधि संख्यामा थपघट भएपछि दिउँसो ३ बजे हुने भनिएको चुनाव अहिले साँझ ७ बजे सम्म हुन सकेको छैन् ।

क्षेत्रिय सभापति पदका लागि उम्मेदवार कृष्णमान श्रेष्ठको समुहमा महाधिवेशन प्रतिनिधि संख्या ३१ छ । भने यता श्यामकृष्ण खड्गीको समुहका २६ जना रहेका छन् । २६ जना हुने पर्नेमा ३१ जना भएपछि विवाद र्सिजना भएको हो ।

नेता प्रकाशमान श्रेष्ठ निकट कृष्णमान श्रेष्ठको समुहले चुनाव नगर्ने भन्दै आएको छ । यता भिमसेनदास प्रधान निकट खड्गीको समुह भने चुनाव आजै हुन पर्छ भन्दै नारावाजी लगाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड