OSNepal मंगलबार, मंसिर १४ २०७८

मोटरसाइकलमा हुइकिदै गरेका सूर्यबहादुर र महेन्द्रलाई चेक जाच गर्दा

मोटरसाइकलमा हुइकिदै गरेका सूर्यबहादुर र महेन्द्रलाई चेक जाच गर्दा

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


मोटरसाइकलमा हुइकिदै गरेका सूर्यबहादुर र  महेन्द्रलाई चेक जाच गर्दा
Reading Time: < 1 minute

तुलसीपुर, ६ मङ्सिर- दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् ।

दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । आइतबार राति पक्राउ परेका दुवै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । चौधरी र खड्कालाई घोराही उपमहानगरपालिका–१६ गरुवा चोकबाट पक्राउ गरिएको हो । रा३प २६६ नंको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा उनीहरु बाघको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड