OSNepal आइतबार, मंसिर १२ २०७८

आज २५८ जना कोरोना संक्रमित निको

आज २५८ जना कोरोना संक्रमित निको

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


आज २५८ जना कोरोना संक्रमित निको
Reading Time: < 1 minute

देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३३२ पुगेको छ । पछिल्लो समय थप २५८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ६१७ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ ।

त्यसैगरी, पछिल्लो समय ७१ हजार ४८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २६९ रहेको छ । होम आइसोलेसनमा ६ हजार ८२७, संस्थागत आइसोलेसनमा ४४२, आइसियूमा २३० र भेन्टिलेटरमा ५५ जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड