दीपाको थाहै नपाईमा सरिता, प्रवण र विनाको अभिनय — OSNepal

दीपाको थाहै नपाईमा सरिता, प्रवण र विनाको अभिनय

LC (KTM) November 22, 2021 0

काठमाडौं, ६ मँसिर-गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई…’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ ।यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो । गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ ।

भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।

आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ ।यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन पनि सुवर्णकै रहेको छ । भिडियोको कलरिङ सुरेश कुमार राउतले गरेका हुन् । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर