OSNepal बिहिबार, मंसिर १६ २०७८

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
Reading Time: < 1 minute

काठमाडौँ, ६ मङ्सिर – पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ ।

गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ । वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ ।(रासस) :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड