सुनिल बल चम्किए पछि ए डिभिजन लिगमा साबिक बिजेता मछिन्द्रको सुखद सुरुवात — OSNepal

सुनिल बल चम्किए पछि ए डिभिजन लिगमा साबिक बिजेता मछिन्द्रको सुखद सुरुवात

LC (KTM) November 22, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई एक का बिरुद्ध दुई गोलले पराजित गर्दै मछिन्द्र बिजयी भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल नायक बन ।

उनी एक्लैले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काएका थिए । जितसँगै मछिन्द्रले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरटीले भने हारबाट लिगको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच मछिन्द्रका सुनिल बल घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर