पति निक र नायिका प्रियंका चोपडा बिच खटपट ! प्रियंकाले हटाइन इन्ष्टा बाट पति निकको थर — OSNepal

पति निक र नायिका प्रियंका चोपडा बिच खटपट ! प्रियंकाले हटाइन इन्ष्टा बाट पति निकको थर

LC (KTM) November 23, 2021 0

बलिउड अभिनेत्री प्रियंका चोपडा तथा निक जोनस बलिउड देखी लिएर हलिउड सम्मको एकदमै फेब्रेट जोडि रहेको छ । उनीहरुको जोडीलाई देखेर जो कोही लोभिने गरेको छ । तर अब यहि जोडीको छक्क पर्ने खबर बाहिर आएको छ । सोमबार अर्थात आज प्रियंका चोपडाले आफ्नो इन्ष्टामा रहेको बायो परिवर्तन गरेकी छिन् । यस परिवर्तनले खबरको बजार एकदमै गर्माएको छ ।

वास्तवमा प्रियंकाले आफ्नो इन्ष्टाग्राम बायो बाट पतिको थर जोनस हटाई दिएकी छिन् । प्रियंकाले यसो गर्ने बित्तिकै उनका फ्यान तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बीच नै हलचल मच्चिएको छ । प्रयोगकर्ताहरु अनुमान लगाईरहेका छन् कि निक तथा प्रियंकाको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

केहीले दुई जनाबीच डिर्भाेस हुन लागेको बताएका छन् । तर कुरा के हो भने उनले आफ्नो पतिको थर हटाए संगै इन्ष्टाको बायोबाट आफ्नो थर चोपडा समेत हटाई दिएकी छिन् । एक जना युजर लेख्छन्– के निक र प्रियंकाको सम्बन्ध बिच्छेद भएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर