बलिउडमा अर्को शोक, चर्चित कलाकार 'अनुपमा’ माधवी गोगटेको निधन — OSNepal

बलिउडमा अर्को शोक, चर्चित कलाकार ‘अनुपमा’ माधवी गोगटेको निधन

LC (KTM) November 23, 2021 0

भारतीय टेलिभिजन शो की एक नक्षत्र जस्ले ५८ बर्षको उमेरमै यो संसारलाई छोडेर गएकी छिन् । यस दुःखद घटनाले भारतीय मनोरञ्जनको क्षेत्रमा शोक छाएको छ । भारतीय टिभी शो ‘अनुपमा’ की माधवी गोगटेको निधन भएको हो । माधवीले अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाएकी थिईन् । उनको कोरोनाका कारण निधन भएको भारतीय सञ्चार माध्यमको दाबी रहेको छ ।

कोरोना संक्रमण भएपछि माधवीको स्वास्थ्य अवस्था गंभीर बनेको थियो । आइतबार मुम्बईको सेभेन हिल्स अस्पतालमा उनको निधन भएको संचारमाध्यमहरुले जनाएका छन् ।

रुपाली गांगुलीले शो की आफ्नी आमा लाई इन्स्टाग्राममा मेसेज पोस्ट गरेर श्रद्धाञ्जली दिएकी छिन् । रुपालीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् धेरै कुरा अधुरै रह्यो, सद्गति माधवीजी’ । उनले एकदमै कारुणिक रुपमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर